खुसीको पहिलो भिडियो ‘हर्कत’ शुभाषको गीतमा रोहनसँग (भिडियाे)
काठमाडाैं। मेरो डान्स युनिभर्सकी बिजेता थाइल्यान्ड बर्माकी नेपाली भाषी खुसी कार्कीले पहिलो काम गरेको म्यूजिक भिडियो सर्बजनिक भएको छ।
सुभाष ढुंगानाकाे आवाजमा सजिएको “हर्कत” बोलको गीत हिजो सर्बजनिक भएको हो। गीतमा हरि लम्सालको संगीत तथा संयोजन रहेको छ।
एभीभीटी प्रोडक्सन तथा अर्को प्रोडक्सन को सहकार्यमा तयार पारिएको म्युजिक भिडियो मा खुसी कर्की ,रोहन नेपाली र सुभाश ढुंगानाको अभिनय रहेको छ। भिडियो को स्म्पादन नहकुल खड्काको रहेको छ भने भिडोयोलाई रंग सम्पादन सुपृम पराजुलीले गरेका हुन्।
मिलन शंकरको छायांकन रहेको भिडियो को कोरियोग्रफी तथा निर्देशन रिहन नेपाली ले गरेका हुन्। भिडियो सुभाष ढुंगाना युट्ब च्यानलबाट सर्बजनिक भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment