नारायणगढ-मुग्लिन सडक विस्तार: यसरी काटिँदै छ पहाड (तस्वीरसहित)

डिसी नेपाल
७ फागुन २०८० १३:०२
48
Shares

काठमाडाैं। चितवनको नारायणगढ मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ। उक्त सडक खण्डमा १२ बजे देखि ४ बजे सम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुदै आएको छ।

नारायणगढ मुग्लिन सडक खण्डको तुईन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइ रहेको छ।

उक्त खण्डमा करीब ६० मिटर पहाड रहेकोमा गत आर्थीक बर्षमा २५ मिटर र यस आर्थिक बर्षमा ३५ मिटर मध्ये २७ मिटर पहाड काटी सकेको इन्जीनियर कृष्णप्रसाद आचार्यले बताए। उक्त सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भई सकेको र अब एउटा पुल बनाउन बाकी रहेको उनले बताए।

उक्त पहाड काट्नको लागि फागुन १२ गते सम्म समय दिइएको छ। उक्त सडक खण्डको पहाड काट्ने काम अन्तिम अन्तिम चरणमा पुगेको र यसै आर्थिक बर्ष सम्ममा पुलको स्लायब ढलान गर्ने लक्ष्य रहेको आचार्यले बताइ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *