फिल्म ‘बद्री बहादुर’को प्रदर्शन मिति घोषणा

डिसी नेपाल
१० फागुन २०८० ९:५६
44
Shares

काठमाडौं। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। पटक पटक प्रदर्शन मिति सार्दै आएको निर्माण टिमले अब घोषित मितिमै फिल्म रिलिज हुने गरी आगामी चैत्र २३ गतेमा फिल्म रिलिज हुने जानकारी दिएको हो।

पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नु होला’ लेखिएको छ। यसैले पनि यो फिल्म हास्य प्रदान रहेको बुझ्न खासै गाह्रो पर्दैन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो।

फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन्। फिल्ममा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ।

यही फिल्मबाट एलिना गुरुङले नेपाली फिल्ममा ‘डेव्यु’ गरेकी छिन्। फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहको छ। यो फिल्मलाई रोहित रत्नको आरआर फिल्मसले नेपालभर प्रदर्शनको जिम्मा लिएको छ।

फिल्ममा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ। फिल्मको छायांकन काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *