कुशल मल्लको सर्वाधिक छिटो टि-२० शतकको किर्तिमान नेपालविरुद्धकै खेलमा तोडियो
काठमाडौं। नामिबियाका जेन निकोल लोफ्टी–इटनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतकको नयाँ किर्तिमान बनाएका छन्। उनले नेपालका कुशल मल्लको कीर्तिमान तोडेका हुन्।
त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन्। यसअघि कुशलको नाममा रहेको ३४ बलमा शतक टि–२० अन्तर्राष्ट्रियको सर्वाधिक छिटो शतक थियो।
कुशलले एसियाली खेलकुद अन्तर्गत चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए । निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन् । कुशलले ६ चौका र ९ छक्का हानेर शतक पूरा गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment