सिन्धुपाल्चोकका अमित न्यौपानेको साउदी अरबमा निधन
रियाद। देशमा बढ्दो बेरोजगारीका कारण हजारौं नेपाली युवा दिनानुदिन विदेश पलायन हुने क्रम रोकिएको छैन। विशेषगरी खाडी मुलुक र मलेसिया छिरेका अधिकांश नेपाली श्रमिक अनेक कठिनाई र पीडा सहन बाध्य छन् भने वार्षिक सयौंको संख्यामा नेपाली कामदारहरुको शव काठको बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेका छन्।
सुनौलो भविष्यको सपना देखेर खाडी छिरेका कतिपय नेपालीको सपना मिर्मिरे बिहानी नहँुदै बिलाएर जाने गरेका छन्। तिनै मध्यका हुन् सिन्धुपाल्चोक स्थायी घर भएका अमित न्यौपाने। चार वर्ष पहिले कमाउँला, जमौंला र भविष्यमा रमाउँला भन्ने सपना बाकेर साउदी छिरेका न्यौपाने अब कहिले घर नफर्कने गरी साउदी मै अस्ताउन पुगेका छन्।
रबाबी होल्डिङ कम्पनीमा कार्यलाय सहायकका रुपमा कार्यरत २६ वर्षीय न्यौपानेको गत २० जुलाई, २०१९ शनिबार हृदयघातका कारण मृत्यु भएको हो। साप्ताहिक छुट्टीका दिन सरसफाइ गर्न दिउँसो अफिस पुगेका अमित एक्कासि छाति दुख्यो भनी अफिस सेक्रेटरीलाई टेलिफोनबाट जानकारी गराएका थिए।

“म अफिस पुग्दा उनी छटपटाइ रहेका थिए र मैले गाडीमा राखी अस्पताल लैजादै गर्दा बाटोमा उनको श्वास रोकिएको थियो,’ फिलिपिनो अफिस सेक्रेटरी क्रीस्टोफर बुसाले टोलिफोन भने। करिव आधा घण्टा चेकजाँच गरी अपरान्ह ४ : ४५ बजे साउदी अरबको रियादस्थित ओबेद स्पेसलाईज्ड अस्पतालमाले न्यौपानेलाई आधिकारिक रुपमा मृत घोषणा गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment