‘गुनासो’ गर्दै आइन् बबिता भट्टराई

डिसी नेपाल
२० फागुन २०८० ९:३९
84
Shares

काठमाडौं। गुनासो छैन भन्दै गायिका बबिना भट्टराई आफ्नो मायालुलाई गुनासो पोख्न थालेकी छन्। उनले हालै आफ्नो नयाँ गीतमा मायालुलाई प्रश्न गर्दै दुखेसो पोखेकी हुन्। उनले ‘गुनासो’ बोलको गीत मार्फत आफ्नो भावना पोखेकी छन्।

सरला श्रेष्ठले लेखेको गीतमा बबिता आफैंले स्वर भरेकी छन् भने संगीत पनि उनकै छ। सरला श्रेष्ठले लेखेका शब्दमा उनको स्वरले मिठास भर्ने काम गरेको छ। किनभने गीतको भाव अनुसार बबिताको स्वर फिट देखिएको छ।

साहस शाक्यको संगीत संयोजन रहेको गीतलाई नकुल कार्कीले रेकर्ड गरेका हुन्। प्रकाश खरेलले मिक्सिङ सम्हालेको गीतको भिडियोमा बबिना आफैले अभिनय गरेकी छन् । उनलाई भिडियोमा गाउदै गरेको देख्न सकिन्छ । गीतको भिडियो झिल्को क्रियसनले तयार गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *