‘त्यत्तिकै छोड’ भन्दै आइन् फिल्म दयारानीकी अभिनेत्री श्रीषा
काठमाडौं। गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
श्रीषाले १ दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन्। मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा ‘नान पो’को अभिनय देख्न सकिन्छ। मोडल ‘नान पो’ म्यानमारकी हुन्।
गायक तथा संगीतकार तुला पर्वतले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोको निर्देशन पनि स्वयम तुलाले नै गरेका हुन्। भिडियोमा कोरियोग्राफी पनि निर्देशक तुला स्वयमले नै गरेका छन्।
यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्यूजिक भिडियो छायांकन गरेर तुलाले अन्तराष्ट्रिय बजारमा पनि नेपाली गीत संगीतलाई पुर्याउने काम गरेको भन्दै उनको प्रशंसा हुँदै आएको छ। भिडियो वाइडस्किन युट्युब च्यानलबाट बजारमा आएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment