कविता : सफल भएकाले असफल मलाई नगन्दा !
खै हिँड्न जानिन कि,
हिँड्दा हिँड्दै आएका अवसरलाई पछ्याउन जानिन ।
केही गर्न जानिन कि,
जाने पनि अवसर पाउन सकिन ।
काम गर्दा गर्दै पनि धेरै कुरा जानिन होला,
गर्न सक्ने मेहेनत जति गरिरहेकै छु ।
यति हुँदाहुँदै पनि कमी अनेकौं भइरहेको छ।
सायद कम्मर कसेर लागिन होला
तर मिहिनेत नगरेको पनि हैन गरेकै हो,
जति सुकै समस्या आइपर्दा पनि लडेकै हो,
यतिसम्म भन्दा,
कसैले नसुन्दा,
केही फरक पर्दैन,
सफल भएकाले असफल मलाई नगन्दा,
कसरी ठिक छ भनौं म ।
म पनि त्यो मान्छे हो, संघर्षको पछि दौडीरहने
आस छ,
एक दिन सफलताको नजिक पुगिने छु म ।
न मरुन्जेलसम्म
यो सास छ,
एक दिन मेरो जीवनमा नि सूर्य उदाउने छ,
बादलले भरिएको यो जीवनमा प्रकाश आउने छ ।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment