शोभित बस्नेतको निर्देशित फिल्म बद्री बहादुर प्रदर्शनको तयारीमा
काठमाडौं। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म बद्री बहादुर प्रदर्शनको तयारीमा छ।
आगामी चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बिहीवार ट्रेलर रिलिज हुँदैछ। यो फिल्मलाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले बताए।
निर्देशक बस्नेत केही समय पहिले मुम्बई गएका थिए। त्यही क्रममा उनी कपिल शर्माको द कमेडी नाइटस विथ कपिल शर्मा शोको सेटमा पुगेका थिए। सोही क्रममा उनीहरु बीच फिल्मको विषयमा कुराकानी भएको हो।
कुराकानीका क्रममा कपिलले आफू नेपाली फिल्मको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतले जानकारी दिए। सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो।
विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन्। फिल्म जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन्।
फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह निर्माता समिर मिया, सम्पादन बन्दे प्रसाद रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने फिल्मलाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो। फिल्मको सह निर्देशनमा रामजी राउत र ज्ञानकुमार कटेलले गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment