बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा २ जनाको मृत्यु
काठमाडौं। काठमाडौं महानगरपालिका–१६ बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।
उनीहरुको पाइप सफा गर्न भित्र छिर्दा बेहोस भएर मृत्यु भएको जनाइएको छ। मृत्यु हुनेहरुमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका–२ घर भएका २५ वर्षीय सुरेश साह र सोही ठाउँ घर भएका २० वर्षीय शिवकान्त साह रहेका छन्।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बेहोस अवस्थामा उद्दार गरेका थिए। पछि उपचारको लागि शिक्षण अस्पताल महाराजगंजतर्फ लैजाने क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
विशेषगरी उपत्यकामा यस किसिमका घटना नयाँ होइन तर नि किन सुरक्षा अपनाइदैन?