त्रिशुलीमा ज्यान गुमाउने सबै मृतकको पहिचान खुल्यो, एक अझै बेपत्ता

डिसी नेपाल
१७ चैत २०८० ९:५७
472
Shares

मुग्लिङ। आज बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ।

जसअनुसार सो दुर्घटनामा ज्यान गुमाउनेनमा गोरखा नगरपालिका-७ की ७० बर्षीया जुनकिरी रोकाया, ४१ वर्षका हरिमाया रोकाय, २८ वर्षकी अञ्जना रोकाया र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन्।

१८ वर्षका दिवस रोकाया भने त्रिशुली नदीमा हराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए। उनका अनुसार खोजी कार्य जारी राखिएको छ।

ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको जनाउँदै चितवन प्रहरीले उनीहरू बाबुको दाहसंस्कार गरी गोरखामा किरिया पुत्री बस्न जान लागेका थिए। थप विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *