अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

डिसी नेपाल
१८ चैत २०८० ७:२४
64
Shares

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल टाईलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक एक गोल गरेका थिए। त्यसैगरी अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए।

यस खेलमा अल टाईका भिर्गिल मिसिडजानले खेलको ३६औं मिनेटमा रातो कार्ड पाएपछि अल टाई १० खेलाडीमा सीमित भएको थियो।

यो जितपछि अल नासरको २५ खेलमा ५९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा अल नासर १२ अंकले पछाडि रहेको छ। त्यसैगरी अल टाईको भने २५ खेलमा २२ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.