आयरल्याण्ड वोल्भ्सविरुद्ध टस हारेर नेपाल ए ले पहिला ब्याटिङ गर्दै

डिसी नेपाल
१९ चैत २०८० १३:००
16
Shares

काठमाडौं। नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ। यस खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। यो सँगै यस खेलमा नेपाल ए ले पहिला ब्याटिंग गर्ने भएको छ।

आयरल्याण्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ। आयरल्याण्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो।

यो सिरिज पछि नेपाल ए ले अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

नेपाल ए को प्लेइङ ११-विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री र कमल सिंह ऐरी।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.