गीतकार दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं। गीतकार दावा तामाङको नयाँ गीत “आउ न नजिक” को भिडियो सार्वजनिक भएको छ। रमेश बोखिम राईको स्वरमा रहेको यस गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको रहेको छ।
गीतकार तामाङको आफ्नै युट्यूव च्यानल लनी म्यूजिक क्रियशन मार्फत सार्वजनिक भएको गीतमा गायक रमेश बखिम राई र बबिना परियारको अभिनय रहेको छ।
बाल कलाकारको भुमिकामा ईशाना सुवेदी, ईभाना सुवेदी र किर्तन सञ्जेल छन्।
यस भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका छन् भने भिडियो सम्पादन अर्जुन खड्काले गरेका छन्। ए जे अजुको व्यवस्थापनमा शुटिङ् सम्पन्न भएको थियो।
यस भिडियोलाई रन्जित सुनारले निर्देशन गरेका हुन्।
नयाँ तथा पछाडि परेका, प्रतिभा भएका कलाकारहरुलाई मौका दिनुपर्ने बताउँछन् गीतकार दावा तामाङ। गीतकार तामाङका धेरै गीतहरु आइसकेका छन् । गीतहरुको बजारमा यस भिडियोले पनि दर्शक स्रोताको मन जित्नेमा विश्वस्त रहेको गीतकार दावा तामाङले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment