रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता

डिसी नेपाल
२० चैत २०८० १६:५८
96
Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताएकी छिन्।

मंगलबार श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गरेकी हुन्।

उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन्।

रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेका थिए। रेशम चौधरीले समेत चैत २३ र २४ गते बस्ने बैठकले नै पार्टीको विवादबारे निर्णय गर्ने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *