टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

डिसी नेपाल
२१ चैत २०८० ७:१५
8
Shares

काठमाडौं। टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ। टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन्।

दुर्घटना हुँदा यो नाइटक्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ। मारिनेमा अधिकांश मजदुर रहेका छन्।

मिडिया रिपोर्टका अनुसार इस्तानबुलको एक आकर्षक आवासीय क्षेत्रमा १६ तले भवन रहेको छ। हालसम्म क्लबका मालिकसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ। क्लबले पुनर्निर्माणको स्वीकृति नलिएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *