परराष्ट्रमन्त्री श्रेष्ठले संसदमा दिए चीन भ्रमणको जानकारी

डिसी नेपाल
२१ चैत २०८० १२:४९
20
Shares

काठमाडौं। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसदमा जानकारी दिएका छन्।

परराष्ट्रमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो भ्रमण बारे जानकारी दिँदै दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका हुन्।

उनले चीन भ्रमणका क्रममा चीनसँग जोडिएका १४ परम्परागत नाका खोल्ने, लासा र काठमाडौंबीच बस यातायात संचालन गर्ने, चीन जाने नेपाली पर्यटकलाई भिसा शुल्क नि: शुल्क गर्ने, नेपाल र चीनबीचको सम्बन्धका बारेमा नियमित छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय आयोग गठन गर्ने, बीआरआईलाई अन्तिम रुप दिने विषयमा छलफल भएको जानकारी दिएका छन्।

साथै आफ्नो भ्रमणको क्रममा चीनले नेपाललाई थप गुणात्मक सहयोग गर्ने सहमति भएको परराष्ट्रमन्त्रीले संसदमा जानकारी दिएका थिए।

साथै चीनसँग सीमा जोडिएको केहि गाउँमा विद्युत उपलब्ध गराउने र नेपालमा उत्पादन हुने तरकारी र फलफुल निर्यात गर्ने विषयमा छलफल भएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *