कांग्रेसले आज पनि टुंग्याउन सकेन उपनिर्वाचनका उम्मेदवार
काठमाडौं। नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि सकेन। बैशाख १५ मा हुने इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउन बुधबार बसेको बैठक पनि कुनै निर्णय नगरी सकिएको छ।
बुधबारको संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखे पनि महामन्त्री गगन थापासहितका नेताहरुले विरोध गरेपछि निर्णय हुन नसको हो। महामन्त्री थापासहित नेता डा. शेखर कोइरालाले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने बताउदै आएका छन्। अब संसदीय बोर्डको अर्को बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ।
२०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा सभापति देउवाले प्रस्तावित गरेका डम्बर खड्का एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment