धादिङका किसान रोपाइँमा व्यस्त
धादिङ। धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन्।
चैतको सुरुआतमै धान रोपिसक्नुपर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नुपरेकाले केही ढिलो भएको नीलकण्ठ नगरपालिका–७ का किसान बलराम अधिकारीले बताए।
कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर दुई हजार दुई सय ८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लामा दश हजार मेट्रिक टन चैतधान उत्पादन हुँदै आएको वरिष्ठ कृषि प्रसार अधिकृत निर्मला गुरुङले जानकारी दिइन्।
उनले रोपाइँ भर्खर प्रारम्भ भएकाले चैतेधान कति किसानले रोपे भन्ने विवरण संकलन भइनसकेको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment