राष्ट्रपति पौडेल आज तनहुँ आउँदै

डिसी नेपाल
२३ चैत २०८० ८:२९
40
Shares

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउने भएका छन्। । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करिब एक करोडको लागतमा तीन तले भवन निर्माण गरिएको सो भवनको चैत्र २३ गते बिहान ११ बजे राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *