मुख्यमन्त्री गुरुङसँग वडा अध्यक्षहरुको गुनासो ‘हाम्रो त हैसियत नै भएन’
पोखरा । वडा अध्यक्षहरुको एक समुहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेर आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन्। शुक्रबार भएको भेटका क्रममा उनीहरुले निर्वाचित जनप्रतिनिधि भएर समेत सरकारले आफुहरुलाई मर्र्यादाक्रममा समावेश नगरेको भन्दै ‘हाम्रो हैसियत के हो’ ? भनी प्रश्न समेत गरेका थिए ।
गृह मन्त्रालयको मर्यादाक्रममा वडा अध्यक्ष र सदस्यहरुको मर्यादाक्रम कहाँ कसरी हुने भनी केही पनि उल्लेख छैन । उनीहरुले वडा सदस्य कार्यपालिका सदस्य बनेपछि केही व्यवहारिक कठिनाई देखिएको विषय समेत मुख्यमन्त्री गुरुङसँग उठाएका थिए । कार्यपालिका सदस्य र वडा अध्यक्षको हैसियत बराबर हुने व्याख्याले कठिनाई देखिएको वडा अध्यक्षहरुको भनाई छ । जवाफमा मुख्यमन्त्री गुरुङ नयाँ मर्यादाक्रममा वडा अध्यक्षहरुलाई अन्याय भएको बताए ।
वडा अध्यक्ष मात्र नभएर प्रदेश निति तथा योजना आयोग जस्ता अन्य सरकारी निकायबारे नै मर्यादाक्रम वेखर रहेको मुख्यमन्त्री गुरुङले बताए। प्रदेशले संघ सरकारसंग आफुले यसबारेमा कुरा उठाइरहेको जानकारी दिदै गुरुङले यो अवास्था चाडै अन्त्य हुन आशा व्यक्त गरे ।
जनप्रतिनिधिहरुले पनि आफ्नो मर्यादामा आँच आउने काम गर्न नहुनेमा उनले सचेत गराए । भेट वडा अध्यक्षहरुले वडामा आउने बजेट चालुतर्फको मात्र बढी हुने भएकोले विकासको काम गर्न कठिनाई भैरहेको समेत बताएका थिए। बाग्लुङ जिल्लाको ४ स्थानीय तहका करिब २ दर्जन वडा अध्यक्षहरुको समुहले शुक्रबार मुख्यमन्त्रीसंग भेट गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment