रुसी एयरबेसमा आक्रमणपछि युक्रेनी सहर खार्किभमा रुसी ड्रोन आक्रमण
काठमाडौं । युक्रेनको खार्किभ सहरमा रुसी ड्रोन आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
मेयर इहोर तेरेखोभले भनेअनुसार इरानमा निर्मित शाहिद ड्रोनले शनिबार बिहान केही अपार्टमेन्ट ब्लकहरू सहित धेरै भवनहरूमा प्रहार गरेको थियो।
खार्किव रुसी सीमानाको सबैभन्दा नजिकको युक्रेनी सहर हो। पछिल्लो समय रुसले आफ्नो आक्रमणलाई तिब्र बनाएको छ ।
युक्रेनी अधिकारीहरूले भविष्यमा यो सहरमा रुसले आक्रमण गर्न सक्ने बताएका छन् । मेयर तेरेखोभले टेलिग्राम मेसेजिङ एपमा हमलामा कम्तीमा १० जना घाइते भएको बताए ।
केही अपार्टमेन्ट ब्लक, पेट्रोल स्टेशन र प्रशासनिक भवन र कारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
शुक्रबार युक्रेनले ६ रुसी विमान नष्ट गरेको दाबी गरेको छ । युक्रेनी रक्षा स्रोतहरूले बीबीसी युक्रेनीलाई रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमानहरू नराम्ररी क्षतिग्रस्त भएको बताए।
यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार मोरोजोभस्क एयरबेसमा युक्रेनको युद्धमा प्रयोग गरिएका सुखोई-२७ र सुखोई-३४ विमानहरू छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment