कमेडी च्याम्पियनको सुटिङ आजवाट सुरू हुदैँ
काठमाडौं । कमेडी च्याम्पियनको सुटिङ आजवाट पुनः सुरू हुने भएको छ ।
दुइ हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजवाट सुरू हुन लागेको हो । जसको जानकारी सो च्याम्पिनयका प्रमुख बिशाल भण्डारीले जानकारी दिएका छन् ।
‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइव हेर्न चाहानुहुन्छ? यदि हो भने हाम्रो शूट आज चैत २७ गते मङगलबार हुदैछ,’ उनले लेखेका छन, ‘स्टूडियो मुलपानीस्थित मुलपानी फुटसल नजिकैरहेको छ। यहाँहरू ११ बजेसम्म आइपुग्नुपर्ने हुन्छ। नोटः कार्यक्रम निशुल्क हेर्न पाइने छ ।’
केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment