संसदको अवरोध खुलाउन बालुवाटारमा शीर्ष नेताहरुको छलफल जारी

डिसी नेपाल
२७ चैत २०८० ११:३४
276
Shares

काठमाडौं। संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सस्भामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका छन्।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगिमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि छलफल हुन लागेको बताइएको छ।

अर्को तर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसदमा आज झडप हुने समेत अनुमान गरिएको छ।

यस अघि सोमबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सत्तापक्ष र विपक्षका आआफ्नै अडान दोहोराएपछि बैठक बिना निष्कर्षमा सकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.