नेतान्याहुले रफाहमा सैन्य कारबाहीको मिति तय गरेपछि हमासको यस्तो प्रतिक्रिया
काठमाडौं । रफाहमा सैन्य कारबाही सुरु गर्ने इजरायलको बयानका बीच हमासले इजरायलको यो चेतावनीले इजरायली बन्धकहरूको रिहाइको बदलामा युद्धविराम गर्ने वार्तामा प्रश्न खडा गरेको बताएको छ।
हमासका प्रवक्ता सामी अबु जाहारीले समूहले इजिप्टमा मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूको समीक्षा गरिरहेको बताएका छन् तर उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भनाइको निन्दा गरेका छन्।
नेतन्याहुले सोमबार रफाहमा सैन्य अपरेशनको लागि मिति तय गरिएको बताएका थिए ।
फ्रान्स, जोर्डन र इजिप्टले इजरायललाई रफाहमा यस्तो कारबाही नगर्न आग्रह गरेका छन् किनभने ठूलो संख्यामा प्यालेस्टिनीहरूले यहाँ शरण लिएका छन्।
यो अन्तर्राष्ट्रिय प्रयासमा अमेरिका पनि सामेल भएको छ ।
इजिप्टका अधिकारीहरूले मध्यस्थकर्ताहरूले प्रस्तुत गरेको युद्धविराम प्रस्तावमा छ हप्ताको युद्धविराम समावेश भएको बताएका छन्।
बदलामा हमासले ४० जना बन्धकहरूलाई रिहा गर्ने र इजरायलले बन्दी बनाइ रहेका कम्तीमा ७०० प्यालेस्टिनीहरूलाई रिहा गर्ने प्रस्ताव राखिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment