सुजाता र अमृतले ल्याए नयाँ लोकदोहोरी ‘आलु तामाले’

डिसी नेपाल
२९ चैत २०८० ९:४६
20
Shares

काठमाडौंँ। गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ। रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन्।

एक अर्काेलाई मनपराउने केटा र केटीले एक अर्काेको आमाले आफूलाई स्वीकार नगरेको कुरा गीतमा गरिएको छ। गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाईंको संगीत रहेको गीतको एरेन्ज बिनोद बाजुरेलीले गरेका हुन्।

गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ। जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ। डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ।

सुशील शर्माको निर्माण रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन, विकाश ज्ञवालीको सम्पादन छ। भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन्।

भिडियो गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ। गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *