स्पेनका प्रधानमन्त्रीले भने– प्यालेस्टाइनलाई छुट्टै राष्ट्रका रूपमा मान्यता दिन तयार छु

डिसी नेपाल
२९ चैत २०८० १२:२३
36
Shares

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिन स्पेन तयार रहेको बताएका छन् । यो कदमले मध्य पूर्वमा तनाव समाप्त गर्ने दिशामा कदम चाल्ने पेड्रोको विश्वास छ।

स्पेनी कांग्रेसलाई सम्बोधन गर्दै पेड्रोले भने “यो युरोपको भौगोलिक हितमा छ” र उनले मान्यताको लागि युरोपेली संघका नेताहरूको समर्थन प्राप्त गर्ने प्रयास गर्नेछन्।

पेड्रोले गाजामा इजरायलको आक्रमणलाई अनुचित भनेका छन्। पेड्रो सान्चेज सुरुदेखि नै हमासविरुद्ध इजरायलको कारबाहीको आलोचना गर्दै आएका छन्।

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले पनि प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिनु शान्तितर्फको राम्रो कदम हुने सुझाव दिएकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *