मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य
Virandeep Singh (C) of Malaysia and Sharvin Muniyandy of Malaysia during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Malaysia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 12, 2024.
Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council
काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले १४४ रनको लक्ष्य पाएको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनायो।
मलेसियाका कप्तान भिरनदिप सिंहले ५७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७२ रन बनाएर अविजित रहे। यस्तै शार्भिन मुनियान्डीले ४१ रन बनाए। नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा अभिनाश बोहोराले १ विकेट लिए।
आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलिको सहभागिता छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment