न्यूक्यासलसँग टोटनह्यामको लज्जास्पद हार
काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाईटेडले टोटनह्यामलाई फराकिलो अन्तरले पराजित गरेको छ। आज भएको खेलमा न्यूक्यासलले टोटनह्यामलाई ४–० गोल अन्तरले पराजित गरेको हो।
न्यूक्यासलको जितमा अलेक्जाण्डर इसकले २ गोल गरेका थिए भने एन्थोनी गोर्डन र फाबियन चारले एक एक गोल गरेका थिए।
यो जितपछि न्यूक्यसल युनाइटेडको ३२ खेलमा ५० अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ। त्यसैगरी टोटनह्यामको ३२ खेलमा ६० अंक छ र लिगमा पाँचौं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment