‘बढे मियाँ छोटो मियाँ’ मा ‘मस्जिद बिष्फोट’ को दृश्य विवादमा

डिसी नेपाल
३ वैशाख २०८१ ९:५६
64
Shares

मुम्बइ। अक्षय कुमार र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को एउटा दृश्यलाई लिएर हंगामा मच्चिएको छ ।

यो दृश्यमा मस्जिद भित्र बम विष्फोट भएको मानिसहरुको दाबी छ । यो दृश्यको क्लिप र स्क्रिनसट शेयर गरेर मानिसहरुले निर्मातालाई राम्रो र नराम्रो भनिरहेका छन् ।

अब निर्माताहरूले यी सबै दाबीको जवाफ दिएका छन्। उनले मस्जिदमा बम विष्फोटको सिलसिलालाई लिएर चलिरहेको अफवाहबारे स्पष्टीकरण दिएका छन् । फिल्मका सह निर्माताले दर्शकको यो गलत धारणा प्रति सफाइ दिदैँ यो दाबी पूर्ण रूपमा गलत भएको बताए । उनका अनुसार यस दृश्यमा बम कुनै धार्मिक स्थलमा नभई गुम्बजमा विष्फोट गरिएको थियो ।

टाइम्स अफ इन्डियाका अनुसार निर्माताहरूले दिएको बयानमा भनिएको छ, “केही भिडियोहरू इन्टरनेटमा फैलाइँदै छन्। ‘बडे मियाँ छोटे मियाँ’को सुटिङका ​​क्रममा मस्जिदमा बम विष्फोट भएको बताइएको छ । चलचित्र निर्माताको हैसियतमा हामी संस्कृतिको सम्मान गर्छौं भनेर देखाउन चाहन्छौं। हामी धार्मिक कुरालाई सम्मान गर्छौं। हाम्रो फिल्ममा विस्फोट गुम्बजमा भएको थियो। यसको कुनै धार्मिक स्थल वा मस्जिदसँग कुनै सम्बन्ध छैन।’

निर्माताहरूले जनतालाई यस्ता झुटो दाबीहरूमा विश्वास नगर्न अपिल गरेका छन्। गल्ती खोज्ने उद्देश्यले फिल्म हेर्नु हुँदैन । यो मनोरन्जन उद्देश्यका लागि हेर्नु पर्छ। यस स्पष्टीकरणको उद्देश्य कुनै पनि प्रकारको भ्रम हटाउनु पनि रहेको उनले बताए । जसले गर्दा दर्शकले कुनै भ्रमविहीन फिल्मको मजा लिन सकून् ।

बीएमसीएमको कलेक्शनको कुरा गर्ने हो भने तेस्रो दिन ८.५ करोड कमाएको छ । फिल्मले पहिलो दिन १५.५ करोडको ओपनिङ गरेको थियो । दोस्रो दिन ७.६ करोड कमाएको थियो । यसले तीन दिनमा कुल ३१.७ करोड कमाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *