‘सिरानीको साथी’मा दिक्पाल र सेजलको रोमान्स

डिसी नेपाल
४ वैशाख २०८१ १३:०१
144
Shares

काठमाडौं। गायक बसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ। सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ।

गीतमा आफ्नो प्राण पियारी (श्रीमती) पैसाको लोभमा विदेशिन लागेपछि श्रीमानको मनमा उब्जिएको पीडा ब्यक्त छ। गीतले विदेशिनेलाई स्वदेशमै रहन समेत सन्देश दिन्छ। गीतको संगीत संयोजन अशोक कुमार राईले गरेका हुन्।

गीतको भिडियोमा दिक्पाल कार्की र सेजल कफियाको अभिनय छ। दिक्पाल र सेजल भिडियोमा श्रीमान् श्रीमतीको रुपमा देखिएका छन्।
अमृत सुनुवारको छायांकन, शौखिन तिमल्सिनाको सम्पादन रहेको भिडियोका सहायक निर्देशक सम्यक अधिकारी हुन्। भिडियोका निर्देशक समन अधिकारी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *