बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिंगो ढालियो (तस्वीरसहित)

डिसी नेपाल
५ वैशाख २०८१ १३:०८
16
Shares

भक्तपुर। भक्तपुरको प्रसिद्ध जात्रा बिस्केटको अन्तिम दिन तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात् हात नभएको लिंगाे ढालिएको छ।

गत वर्षको अन्तिम दिन चैत ३० गते ठड्याइएको उक्त हात नभएको लिंगाे बुधबार ढाालिएको हो।

प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ। त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा रहेको छ।

लिंगाे जात्रा हेर्नाले सुख, शान्ति, समृद्धि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *