मिस नेशनल उपाधिको लागि भिड्दै मोडल डा.आयुष्नोभा
काठमाडौंँ। पछिल्लो समय सौन्दर्य प्रतियोगीता प्रति बिभिन्न क्षेत्रका ब्यक्तिको आकर्षण बढ्दो छ। यस्ता प्रतियोगीता मार्फत देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन र देश चिनाउन अवसर जो प्राप्त हुनेगर्छ।
यस्तै अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् डाक्टर आयुष्नोभा ढुंगाना। ढुंगाना मोडल तथा डाक्टर हुन्। कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन्।

संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन्। अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन्।
कलाकारिता तर्फ उनले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक लगायतबाट समेत बिभिन्न अवार्डहरु प्राप्त गरेकी छन्।
‘मिष्टर एण्ड मिस नेशनल’तर्फ उनी मिस नेशनलको प्रतियोगी हुन्। पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उद्देश्यले उनी यो प्रतियोगीतामा सहभागी भएकी हुन्।

प्रतियोगीताको अन्तिम २४ भित्र छानिन सफल उनी सबैभन्दा प्रभावशाली प्रतियोगी हुन्। त्यसैले उनलाई उपाधिको दावेदार समेत मानिएको छ। उपाधि जित्ने उद्देश्यले उनी दिनरात मिहिनेत गरिरहेकी छन्।

मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो। गीतमा २ दर्जनबढी राष्ट्रिय कलाकारसँग उनले अभिनय गरेकी थिइन्। उनी डाक्टर पेशाा समाजसेवाका लागि रोजेकी हुन्।

‘मिष्टर एण्ड मिस नेशनल’ प्रतियोगीताको फाइनल यही मेको एक तारिकमा हुँदैछ। जसमा प्रतियोगीतामा ताज जित्ने लक्ष्य सहित आफू प्रस्तुत हुने आयुष्नोभाले बताइन्।

मिस नेशनलका डिरेक्टर डा. सन्तोष उपाध्याय हुन्। उनी मिष्टर नेशनलका अन्तर्राष्ट्रिय तेस्रो विजेता हुन्।







डिसी नेपाल






Facebook Comment