कपिलवस्तुको वाणगंगामा श्रीमान्-श्रीमती मृत फेला
कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर-८ ढोडेकोलमा श्रीमान्-श्रीमती मृत फेला परेका छन्। बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ।
६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ।
मृतक श्रीमान् भर्याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन्। घटना हुँदा घरमा कोही नभएको बताइएको छ। प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment