शिव पलाँसको नयाँ गीत ‘ खोला जस्तो जिन्दगी’ सार्वजनिक
काठमाडाैं। गीतकार शिव पलाँसको नयाँ गीत ‘ खोला जस्तो जिन्दगी’ भर्खरै सार्वजनिक भएको छ। टीका दाहालको संगीत, उदयराज पौडेलको संगीत संयोजन र अन्जु श्रेष्ठको आवाजमा रहेको उक्त गीतमा जीवन भट्टराई, स्नेहा भट्टराई र बाल कलाकार प्रेइज श्रेष्ठको अभिनय रहेको छ।
उत्सव दाहालले छायाकंन गरेको भिडियोको निर्देशन भने राजेश राईले गरेका हुन्। खोलाको बिम्बसँग जोडेर गीतकार पलाँसले यो गीतमा जीवनको यथार्थ उतार्ने कोशिश गरेका छन्।
हरिनास-१ , स्याङ्जा स्थायी घर भई हाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका शिव पलाँस दुई दशकदेखि साहित्य र गीतलेखनको क्षेत्रमा क्रियाशिल छन्।
उनका गीतहरुमा दीप श्रेष्ठ, नरेन्द्र प्यासी, कर्ण दास, शिशिर योगी, रामकृष्ण ढकालदेखि बाल गायिका अनुजा कडरिया र रुक्सना लिम्बुसम्मले स्वर दिईसकेका छन्। उनको ‘ माया गर्नुको अर्थ’ गीत संग्रह समेत प्रकाशित छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment