टी-२० शृङ्खलाको अन्तिम खेल आज नेपाल र वेस्ट इन्डिज ‘ए’ भिड्दै

डिसी नेपाल
२२ वैशाख २०८१ ६:४७
40
Shares

काठमाडौं। नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ संगको पाँच खेलको टी-२० शृङ्खलाको अन्तिम खेल आज खेल्दैछ। यो खेल टियु क्रिकेट मैदानमा सबा १२ बजे सुरु हुनेछ।

पाँच खेलको शृङ्खलामा तीन खेल जितेको वेष्ट इन्डिज ए ले एक खेल अगावै ३-१ ले उपाधि आफ्नो पक्षमा पारिसकेको छ। टी-२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले त्यसको तयारी स्वरुप घरेलु मैदानमा शृङ्खला खेलेको हो।

विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ। समूह डी मा रहेको नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन्।

जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ। विश्वकपमा खेल्नका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *