सुरेश राईको कविता संग्रह ‘सम्झनाको फोटोकपी’ पोर्चुगलमा लोकार्पण

डिसी नेपाल
२२ वैशाख २०८१ १०:४५
132
Shares

लिस्बन। कवि सुरेश राईको कविता संग्रह‘सम्झनाको फोटोकपी’पोर्चुगलको राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण भएको छ।कार्यक्रम लिस्बन स्थित नेपाली चेन रेष्टुरेन्ट ग्रील एण्ड चिलको हेडक्वाटर आरोसमा सप्पन्न भएको हो।

पुस्तकको लोकार्पण लिस्बनमा रहेर ब्याबसायमा सफलता हासिल गरिरहेका ब्याबसायीहरु सुमेश श्रेष्ठ ,दिनेश श्रेष्ठ र गायक मेघ लामाले संयुक्त रुपमा गरेका थिए।रेष्टुरेन्ट संचालक सुमेश श्रेष्ठले कवि राईका कविताहरु सरल र सबैले बुझ्ने खालको रहेको बताउँदै लेखन यात्राको लागि शुभकामना व्यक्त गरे।

अर्का ब्यवसायी दिनेश श्रेष्ठले कविको आमा सम्बन्धि कविताहरु अत्यन्तै मर्मस्पर्शी रहेको र यो कृति सफल हुने विश्वास व्यक्त गरे ।आफू गीत संगीतको विद्यार्थी भएकोले कविता र संगीतको अटूट सम्बन्ध हुने बताउँदै गायक मेघ लामाले कविको कविताको प्रशंसा गरे ।

कार्यक्रममा कविरगीतकार निलम राईले संग्रहभित्रका तीन कविता वाचन गरेकी थिइन्। उनले साधारण बिम्बको प्रयोग गर्दै कवि राईले गहिरा गहिरा कुराहरु व्यक्त गरेको बताइन्। भिजनरी डिलाइट ईभी कम्पनीका प्रबन्धक रजनी घलेले कार्यक्रम संचालन गर्दै संग्रहभित्रको टग अफ वार कविता वाचन गरेकी थिइन्।

खोटाङका कवि राई हाल दक्षिण कोरियामा कार्यरत छन्। पुस्तक शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *