तमू समाज कुवेतद्वारा आयोजित आठौं रक्तदान कार्यक्रम सम्पन्न

डिसी नेपाल
२३ वैशाख २०८१ १०:२१
112
Shares

कुबेत। “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्वारा शुक्रबार आयोजना गरेको आठौं वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो।  १०९ जना स्वयंसेवी रक्तदाता हरुले रक्तदान गरेका थिए।

तमू समाज,कुवेतका अध्यक्ष राजु गुरुङको अध्यक्ष्यतामा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल, बिशिस्ट अतिथि NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा:समर (Dr Samar) अतिथिहरुमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,कार्यक्रममा नेपाली दुतावास परिवार कुबेतका बिभिन्न संघ सस्थाका प्रतिनिधीहरु,पत्रकारहरु तथा स्वंयम सेवी रक्तदाता हरुको उल्लेख्य उपस्थिति  थियो।

अपरान्ह दुई बजेदेखि शुरु भएको उक्त कार्यक्रम लाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी, बिशेष अतिथीहरु द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए।कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदूतले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानिवय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिँदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज, कुवेतको खुलेर प्रसंशा गरेका थिए।

शुभकामनाकै क्रममा ब्लड बैंकका प्रतिनिधि (डा समर – Dr Samar ),गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, कुवेत अध्यक्ष रणध्वज लामा,नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,NRAN कुवेतका वरिष्ठ उपाध्यक्ष दिलकुमार पाख्रीनले शुभकामना मन्तव्य दिएका थिए।


समाजका बरीष्ठ सल्लाहकार, कार्यक्रम संयोजक (खोप गुरुङ)ले सञ्चालन गरेको औपचारिक कार्यक्रम लाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजु गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउँदै यस्ता मानविय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागि परेको प्रस्ट्याउँदै उक्त आठौं वृहत रक्तदान कार्यमा सहयोग गर्ने नेपाली राजदुताबास,नेपाली सँघ-संस्था,एवं पत्रकार लगायत सम्पूर्ण रक्तदाता सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *