जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई जना पक्राउ

डिसी नेपाल
२६ वैशाख २०८१ ९:२४
32
Shares

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ ।

युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ ।

एसबीयूले रूसको राज्य सुरक्षा सेवा सँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको पर्दाफास भएको बताउदै उनीहरु जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताइएको छ।

एसबीयूले उनीहरुले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताइएको छ।

फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन् ।

माइकोलाइभको दक्षिणी युक्रेनी क्षेत्रकी एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा अगस्ट २०२३ मा पक्राउ गरिएको थियो । उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *