खालिस्तानी नेताको हत्या योजनाबारे अमेरिका र भारतको विवादमा रूसको प्रवेश

डिसी नेपाल
२७ वैशाख २०८१ १३:५४
92
Shares

काठमाडौं । अमेरिकी नागरिक गुरपतवन्त सिंह पन्नुको हत्याको षड्यन्त्र रचेको मामिलामा भारतमाथि अमेरिकाले लगाएको आरोपप्रति रुसले प्रतिक्रिया दिएको छ ।

रुसले यी आरोपहरूलाई ‘दुर्भाग्यपूर्ण’ भनेको छ। रुसले भारतमा चलिरहेको लोकसभा चुनावमा अमेरिकाले अस्थिरता ल्याउन खोजेको दाबी गरेको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्, “अमेरिकाले पन्नुको मामिलामा भारतको सम्बन्धमा कुनै ठोस प्रमाण दिन सकेको छैन। यस अवस्थामा, प्रमाण बिना कुनै पनि कुरा स्वीकार गर्न सकिँदैन।”

मारिया जाखारोभाले भनिन्, “अमेरिकाले राष्ट्रवादको विचार बुझेको छैन। भारतले ऐतिहासिक रूपमा कसरी प्रगति गर्यो अमेरिकाले बुझेको छैन। अमेरिकाले एक राष्ट्रको रूपमा भारतलाई सम्मान गरिरहेको छैन।”

वाशिंगटन पोस्टको हालैको रिपोर्टले गत वर्ष खलिस्तान समर्थक नेता तथा अमेरिकी नागरिक गुरपतवन्त सिंह पन्नुको हत्याको असफल प्रयासमा भारतको गुप्तचर एजेन्सी रअ संलग्न रहेको दाबी गरेको छ।

भारतले यो प्रतिवेदनलाई ‘निराधार’ भनेको छ । यस प्रतिवेदनमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिवेदनले गम्भीर विषयमा अनुचित र आधारहीन आरोप लगाइएको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *