पोर्नस्टार मामिलामा ट्रम्पले भनेका थिए, ‘धेरै महिला आफ्नो कथा लिएर अगाडि आउन सक्छन्’

डिसी नेपाल
१ जेठ २०८१ १४:५४
28
Shares

काठमाडौं । ट्रम्पका पूर्व वकिल माइकल कोहेनले न्यूयोर्कको अदालतमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध पोर्न स्टारलाई घूस दिएको मुद्दाको सुनुवाइमा अदालतमा बयान दिएका छन्।

कोहेनले भनेअनुसार जब आवश्यक हुन्थ्यो उनले आफ्नो पूर्व मालिक डोनाल्ड ट्रम्पको काम गराउनला लागि झूट बोलेका थिए ।

कोहेनले आफ्नो कानुनी कामको एक भागको रूपमा ट्रम्पलाई मन नपर्ने पत्रकारहरूलाई धम्की दिएको पनि बताएका छन्।

कोहेनले अदालतलाई भनेका छन्, ‘ट्रम्पले भनेका थिए – तयार रहनुहोस्, धेरै महिलाहरू अगाडि आउन सक्छन्, उनीहरूसँग सुनाउनका लागि कथाहरू हुनेछन्।’

अभियोजकहरूले भनेका छन् – ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियललाई उनीसँगको उनको सम्बन्धको बारेमा मौन बनाउन घूस दिए।

माइकल कोहेनले यस मुद्दामा आफ्नो भूमिकाको बारेमा अदालतमा बयान दिइरहेका छन्। कोहेनलाई अमेरिकाको यो सबैभन्दा उच्च प्रोफाइल मुद्दामा सबैभन्दा महत्त्वपूर्ण साक्षी मानिएको छ।

राष्ट्रपति ट्रम्पले आफ्ना तत्कालीन वकिल माइकल कोहेनलाई भुक्तान गर्नका लागि व्यापारिक अभिलेख नक्कली गरेको आरोप अस्वीकार गरेका छन्।

यो विवाद २०१६ को राष्ट्रपतीय निर्वाचनभन्दा ठीक अगाडि बाहिर आएको थियो । ट्रम्प यो चुनाव जितेर अमेरिकाको राष्ट्रपति बनेका थिए ।

यदि स्टर्मी ड्यानियलको आरोप ती चुनाव अघि नै बाहिर आएको भए ट्रम्पको चुनावी अभियानलाई हानि पुर्‍याउन सक्ने थियो।

कोहेन सुरुमा ट्रम्पको धेरै नजिक थिए तर पछि उनको विरुद्धमा भए। २०१८ मा कोहेनले कर अपराध, धोखाधडी र अभियान वित्त अनियमितताको आरोपमा दोषी स्वीकार गरे।

चुनावी अभियानमा आर्थिक अनियमितताको आरोप डेनियललाई दिएको कथित घुससँग सम्बन्धित थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *