‘भन्दिन तिमीलाई म…’ सार्वजनिक

डिसी नेपाल
३ जेठ २०८१ १०:०९
52
Shares

काठमाडाैं। कर्ण प्रिय स्वरका धनी गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको ‘भन्दिन तिमीलाई म …’ गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ। चक्रपाणि तिमल्सिनाको शब्द रहेको उक्त गीतमा तिमल्सीना आफैले संगीत भरेका हुन्।

संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका छन्। अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट राजाबाबु चौधरी हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ प्रकाश मिश्रले गरेका छन्।

गीतको म्युजिक भिडियोमा नायिका रेजिना उप्रेती, चक्रपाणी तिमल्सिना र डिल्ली पोखरेलले अभिनय गरेका छन्। म्युजिक भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् भने यसमा उत्सव दाहालको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *