इजरायली रक्षामन्त्री योभ गालान्टले किन उठाए प्रधानमन्त्री नेतान्याहुमाथि प्रश्न ?
काठमाडौं । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निशाना बनाएका छन् ।
युद्धपछि गाजाका लागि के योजना छ भन्ने प्रश्नको जवाफ सरकारले अहिलेसम्म दिन नसकेको गालान्टले बताए ।
गालान्टले नेतान्याहुलाई इजरायलले गाजामा सैन्य शासन लगाउने कुनै मनसाय नभएको सार्वजनिक रूपमा घोषणा गर्न अपील गरेका छन्।
ग्यालेन्टले भने, ‘मैले अक्टोबरदेखि मन्त्रिपरिषद् बैठकमा यो प्रश्न उठाइरहेको छु, तर कुनै जवाफ पाएको छैन ।’
अर्को युद्ध क्याबिनेट मन्त्री, बेनी गान्ट्जले पनि गालान्टसँग सहमति जनाएका छन्।
“गालान्टले सत्य भनेका छन्,” गान्ट्जले भने ‘कुनै पनि हालतमा देशको लागि जे सही छ त्यो गर्ने जिम्मेवारी नेतृत्वको हो।’
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली कारबाहीका कारण गाजामा ३५ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment