तनहुँमा पौडी खेल्ने क्रममा तीन जनाको मृत्यु
तनहुँ। तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. २ बट्टारस्थित सुले रहमा पौडी खेल्ने क्रममा शनिवार दुई युवकको डुवेर मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा बन्दिपुर गाउँपालिका वडा नं. ६ तिलारका २० बर्षीय विनोद गुरुङ र बन्दिपुर ५ भाँगेका २० बर्षीय हिरा गुरुङ रहेका छन्। हिजो शनिबारनै व्यास नगरपालिका वडा नं ३ झोलुंगेपुल नजिकै मादी नदी किनारामा अन्दाजी १३ बर्षीय बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
चर्को गर्मी छल्न गाउँका ६ जना युवा मिलेर सो रहमा पौडी खेल्न गएको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। मादी नदी किनारामा फेला परेका बालकको सनाखत हुन सकेको छैन।
मृतक तीनै जनाको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ। आवश्यक प्रकृया पुरा गरेपछि आफन्तलाई शव बुझाइने प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment