‘कालोकालो कपालमा खैरो..’मा प्रियंका र गम्भिरको रोमान्स
काठमाडौंँ। अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो। राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा सिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन्।

गीतको भिडियोको अभिनयमा प्रियंकालाई गम्भिर बिष्टले साथ दिएका छन्। भिडियो निर्देशन समेत बिष्टले नै गरेका हुन्। प्रियंकाको यो भिडियो सहित आरजे इन्टरटेनमेन्टकोे औपचारिक युट्युव च्यानल सुरुवात गरिएको हो।

सुरुवातको कोसेली स्वरुप आरजे इन्टरटेनमेन्टले आनी छोइङ्डोल्माको स्वरमा ‘आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अध्यारो लोभीपापी पाराले’ गीत र हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’को ‘हट पोटेटो’ नामक धारावाहिक कमेडी पनि बाहिर ल्याएको छ।

‘रमाइलोको साथी’ नारा सहित सुरु भएको आरजे इन्टरटेनमेन्ट दर्शकलाई विशुद्ध मनोरञ्जनका बिभिन्न खुराक पस्कने उदेश्यले ल्याइएको आरजे इन्टरटेनमेन्टका संचालन राजु केसीले बताए।
गीत ‘आकाश उज्यालो..’मा राजनराज सिवाकोटीको संगीत तथा राजु केसीको शब्द छ। सार्वजनिक दुबै गीतको भिडियोका निर्माण सल्लाकार सुवाशराज काफ्ले हुन् । आरजेले यो बर्ष आफ्नै लगानीमा २५ गीतसंगीत, २५ धारावाहिक सिरियल र २५ बाहिरको कन्टेन्ट गरेर ७५ कन्टेन्ट ल्याउने लक्ष्य बनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment