द जेन्टलम्यान ब्याण्डको साथमा म्युजिकल नाइट हुने
काठमाडौं। एकल व्यक्तित्व समाज र कन्टेम्पोररी सिंगर्स सोसाइटीले काठमाडौंमा सांगीतिक साँझ आयोजना गर्ने भएका छन्। यी संस्थाले द जेन्टलम्यान ब्याण्डको साथमा म्युजिकल नाइट आयोजना गर्न लागेका हुन्।
काठमाडौंको हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेण्टमा आगामी जेठ ११ गते शुक्रबार कार्यक्रम हुनेछ। कार्यक्रम बेलुकी ५ बजेपछि सुरु हुनेछ। कार्यक्रममा द जेन्टलम्यान ब्याण्डका देव राना, ज्योति घिमिरे र कृपेश लोहनीका साथमा चर्चित कलाकारहरु लोचन भट्टराई, दिवाकर खड्का, मनोज गुरुङ, उमेश पाण्डे, इन्दिरा ढकाल, दिपेन्द्र थापा, एन्जिला श्रेष्ठ, लाक्पा शेर्पा, प्रदीपराज पाण्डे, विकास राना, कपिल लोहनी, सूर्य थुलुङ, जय गुरुङ लगायतका कलाकारको प्रस्तुती रहनेछ।
कार्यक्रममा डिनरसहित सहभागी हुन १५०० रुपैयाँ र डिनरबाहेक सहभागी हुन ५ सय रुपैयाँको टिकट लाग्ने आयोजकले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment