म्यानमारमा रोहिंग्याहरूको दोस्रो ठूलो सहर पूर्ण रूपमा ध्वस्त, संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त

डिसी नेपाल
९ जेठ २०८१ ११:४०
176
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले म्यानमारको रखाइन राज्यको रोहिंग्या बहुल सहरको विनाशप्रति चिन्ता व्यक्त गरेका छन् ।

राखिन राज्यको बुथिदाउङ सहरका अधिकांश रोहिंग्या मुस्लिम जनसंख्या सहर छोडेर भाग्न बाध्य भएका छन् । यो राखिन राज्यको दोस्रो ठूलो सहर हो।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले सहरको विनाश र यहाँबाट मुस्लिम रोहिंग्याहरूलाई निष्कासन गरेकोमा आफू निकै चिन्तित रहेको बताएका छन् ।

टर्कले यस सहरमा रहेको म्यानमार सेनाको एकाइले अराकान आर्मीसमक्ष आत्मसमर्पण गरेको र त्यसपछि अत्याचारको जोखिम झनै बढेको बताएको छ ।

यस सहरको अधिकांश भाग पूर्ण रूपमा जलेको छ र यहाँ बसोबास गर्ने रोहिंग्या मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

हाल राखिन राज्यको आधाभन्दा बढी भाग अरकान आर्मीको नियन्त्रणमा छ। अराकान आर्मीले स्थानीय मुस्लिम जनसंख्याको सुरक्षा गर्ने बताएको थियो। तर म्यानमारको सेनामा स्थानीय मुस्लिम सैनिक भर्ती भएपछि तनाव झनै बढेको छ । राखिन राज्यबाट रोहिंग्याहरुको पलायन भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *