गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ: राप्रपा
काठमाडौं। राप्रपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको छ।
बुधबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन शुरु भएको छ त्यसैगरी गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरूपयोग सम्बन्धि अभियोग न्यायिक निरुपणको विषय बनिसकेको भन्दै राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरित गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको बताएको छ।
बैठकले राप्रपाको जेठ ११, १२ र १३ गते काठमाडौंमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रतिवेदनहरुमाथि बृहद छलफल गरिएको छ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका छन्। प्रस्तुत प्रतिवेदनहरुलाई सामान्य परिमार्जन सहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment