कविता : बहादुरी र जिम्मेवारीको प्रतीक सैनिक

कवीन्द्र सिटौला
१२ जेठ २०८१ ६:४७
148
Shares

आधुनिक नेपालको निर्माणसँगै यसको रक्षा गर्दै यसको विस्तृतीकरण एवम् नव निर्माणमा नेपालीको वीरता, स्वाभिमान र स्वधीनताको हाम्रो ऐतिहासिक गौरवशाली पहिचान कायम राख्दै आधुनिक समृद्ध नेपाल बनाउन एकता अनि भाइचारा कायम राख्न उच्च योगदान दिने सबै बीर योद्धा सैनिकहरूरू दूरदर्शी पुर्खाहरूका साथै श्रद्धेय सहिदहरू !

नेपालमाथि बाह्य रूपमा जस्तोसुकै शक्तिका साथ भएको हमला होस् कि युद्ध होस्, अथवा नेपाल एकीकरणको महान् अभियानका लागि आन्तरिक राज्यहरूसँग लडिएका आन्तरिक युद्ध नै किन नहुन्, नेपाली सैनिकको इतिहास जहिले पनि विजयी र गौरवशाली छ।

नेपाली सेनाको सौर्य र बहादुरी विश्वकै सैनिक इतिहासमा ‘बहादुर गोरखाली’ ब्रान्डको रूपमा प्रसिद्ध छ।

संयुक्त राष्ट्रसंघको आवश्यकतामा नेपाली सेनाले विश्वका अनेक द्वन्द्वग्रस्त क्षेत्रमा गएर शान्ति स्थापना गरी नेपाल, नेपाली सेना र संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको गरिमा बढाउनमा उच्च स्थान बनाएको छ अनि सम्बद्ध देशका जनताको मन जितेको छ। ती देशको शान्ति, एकता, र नागरिकको जीवन जोगाउने मूल कर्म त गरेकै छ।

सेना सधैँ नै विपतको साथी हो। चाहे आगलागीको विपत होस्, चाहे बाढीपहिरोको विपत् होस्, चाहे भूकम्पको विपत्ति, चाहे रोगव्याधीको प्रकोप नै होस्, सेना सदैव अग्र मोर्चामा रहेर उद्धार कार्य गर्दै आम नागरिकको नजिकको साथी भएर उभिएको हुन्छ। सधैँ हामी गर्व र विश्वास गरौँ हाम्रा सहयोगी र रक्षक सेनामाथि।

आधुनिक नेपालको निर्माणकालदेखि वर्तमानसम्म नेपाली सेनाले गरेको राष्ट्र«रक्षाको योगदाले नै तपाईँहामीले हाम्रो मातृभूमि नेपाल भन्न पाएका छाँै, नेपाली बन्न पाएका छौँ। नेपालभित्र होस् कि नेपालबाहिर होस्, नेपाली जाति, नेपाली भाषी भनेर गर्व गर्न पाएका छौँ।

त्यसैले पनि हामी तपाईँ सेनाहरूलाई, सेनाको गौरवशाली पोशाक र तपाईँको सैनिक इतिहास अनि योगदानलाई हामी हरपल सम्मान गर्दछौ, तपाईँहरूमाथि गौरव गर्दछौं। अवकासप्राप्त जीवनपछि पनि तपाईँहरु राष्ट्र«का नागरिकको सेवामा अग्रसर हुनहुन्छ भन्ने पनि विश्वास गर्दछौँ, सहयोग दिन्छौँ संसारभरि जुन देशमा भए पनि।

यसै सन्दर्भमा अमेरिकी सैनिक सेवामा गौरवशाली योगदान दिनुभएका नेपाली मूलका अमेरिकन क्याप्टेन एड्रियन पोखरेल युएस कांग्रेसका उम्मेदवार हुनुभएको छ। वहाँलाई सबै नेपाली सैनिक पुर्खाको आशिर्वाद लागोस्। सबै सैनिकहरूको ऊर्जा मिलिरहोस्।

मेरा तर्फबाट उहाँलाई साथ, सहयोग र सहभागिताको प्रतिबद्धताका साथै सबै नेपाली र नेपाली मूलका अमेरिकीहरूको साथ र सहयोग मिलोस्, आशिर्वाद र शुभकामना मिलोस्। यही अनुरोध गर्दै यो कविता क्याप्टेन एड्रियन पोखरेल र संसारभर कार्यरत रहनुभएका नेपाली मूलका सम्पूर्ण वर्तमान र भूतपूर्व आदरणीय सेनाहरूमा समर्पण गर्दछु।

उसले हार जान्दैन
सैनिकले हार जान्दैन
उसले हार मान्दैन
उसले मात्र लक्ष देखेको हुन्छ
सैनिक साहसी हुन्छ
उसले मृत्यु चिन्दैन
ऊ राष्ट्र सेवक हुन्छ
ऊ जनताको रक्षक हुन्छ
ऊ कर्तव्यनिष्ठ हुन्छ
सैनिक सदा जिम्मेवार हुन्छ।

संग्रामको मैदानबाट घाइते ऊ
अर्को घाइते साथी छोडेर भाग्दैन
बरू उसले आफ्नो ज्यान जोखिममा हालेर
घाइते साथीलाई आफ्नो काँधमा बोकेर
दुस्मनमाथि फायर खोल्छ
भाग्दैन ऊ, कहिल्यै भाग्दैन
एउटा सैनिक कहिल्यै भाग्दैन
कहिल्यै भाग्दैन एउटा सैनिक।
किनभने उसको पुर्खा पनी सङ्ग्रामवबाट कहिल्यै भागेको थिएन

त्यो क्षण उसले आफ्नो माटो सम्झन्छ
आफ्नो देश सम्झन्छ
आफ्नो स्वाभिमान र विरतालाई सम्झन्छ
हो, घाइते सैनिकले संग्रामको मैदानबाट
जब आफ्नो अर्को घाइते साथीलाई काँधमा बोक्छ
आफ्नो मित्रतालाई सम्झन्छ
आफ्नो माटो सम्झन्छ, देश सम्झन्छ
सैनिकले आफ्नो देशलाई औधी माया गर्छ औधी
उसको विरता सम्झन्छ ,
अनि आफ्नो लक्षलाई सम्झन्छ,
मैदानबाट ऊ कदापि भाग्दैन।

कि युद्ध जित्छ उसले, कि मृत्यु जित्छ
देशको लागि मर्न आँट गर्ने एउटा निडर सैनिक
देशका लागि सबै थोक गर्नसक्छ, सबथोक
लक्ष भेदन गर्न सक्ने सैनिकले
सबै समस्या जित्न सक्छ
ऊ विजयी बन्छ, ऊ अमर बन्छ,
कठिनभन्दा कठिन काम गर्ने सैनिक
अनुभवी, अनुशासित र कटिबध्द हुन्छ
हो, एउटा सैनिक सधैँ अनुशासित र प्रतिबद्ध हुन्छ
आम नागरिक र राष्ट्र«का लागि ऊ वरदान हुन्छ
बरदान !

साँच्चै एउटा सैनिक
देशको लागिसदा गौरव हुन्छ
सदा गौरव !

सबैका लागि सधँैका लागि
सैनिक एक सच्चा साथी हुन्छ !
हो, सच्चा साथी हुन्छ ऊ।

मेरो गौरवशाली मातृभूमिको पुत्र,
यो कर्म भूमि रक्षाको जिम्मेवारी लिएको
एउटा सैनिक
यस भूमिमा कर्मशील हामी र हाम्रो पुस्ता
अनि नयाँ पुस्ताको नेपाली अमेरिकीहरुको
अस्तित्व, पहिचान बोकेर हाम्रो प्रतिनिधिका रुपमा
नीतिनिर्माण गर्ने नेतृत्वको निर्वाचन लड्दै छ
उसलाई हाम्रो साथ जरुरी छ।

ऊ हाम्रो गौरव हो, यस कर्म भूमिको
अनि हामी नेपालीजाती हरूको
नेपाली भाषीहरूको
आऊ, हामीसबै मिलेर
यो कर्मशील सैनिकका सपनामा एकबद्ध होऔँ
उसको विजयको लागि सँगसँगै कदम बढाऔँ…!
याहाँमात्र हैन
जहाँ जहाँ सैनिकलाई
जब जब हाम्रो सहयोग आवश्यक हुन्छ
सँगसँगै कदम बढाऔँ …!
सँगसँगै कदम बढाऔँ …!


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *