जी-७ देशहरू युक्रेनलाई सहयोग गर्ने नयाँ ‘प्लान बी’ योजनामा सहमत
काठमाडौं । युक्रेनलाई सहयोग गर्ने योजनामा समूह ७ (जी–७) देशका आर्थिक मन्त्रीहरू सहमत भएका छन् ।
यस योजना अन्तर्गत, जफत गरिएको रूसी सम्पत्तिको ब्याज रकम युक्रेनलाई सहायताको रूपमा दिइनेछ।
रुसको जफत गरिएको सम्पत्तिको मूल्य करिब ३०० अर्ब डलर छ।
उत्तरी इटालीमा भएको बैठकबाट यो कुरा बाहिर आएको हो । जी-७ देशका नेताहरूले अर्को महिना इटालीमा अर्को बैठक गर्न सक्छन्।
पछिल्लो प्रस्ताव अन्तर्गत युक्रेनलाई करिब ५० अर्ब डलर बराबरको सहयोग दिइनेछ।
युक्रेनले खार्किवमा रुसको सैन्य कारबाही रोक्न सफल भएको दाबी गरेको छ ।
हालै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग सामना गर्न आवश्यक पर्ने हतियारमध्ये २५ प्रतिशत मात्रै रहेको दाबी गरेका छन् ।
जेलेन्स्कीले अमेरिका र पश्चिमी देशहरूलाई पनि सहयोगको अपिल गरेका थिए।
गत महिना अमेरिकाले युक्रेनलाई सहयोग गर्न ६१ अर्ब डलरको सैन्य सहायता घोषणा गरेको थियो ।
रुस र युक्रेनबीच विगत साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment